भनिन्छ संस्कृति बिना मान्छेको जीवन अपूर्ण हुन्छ। यसैले यही पूर्णताका लागि कोही संस्कृतिमा लीन हुन्छन् कोही अलि टाढा बसेर त्यही संस्कृति नियाल्दछन्।
नेपालका प्राचीन किरात जाति कुनै पनि धर्मशास्त्र भन्दा पुरानो जाति हुन्। यिनीहहरूका संस्कृति अनि ज्ञान आज ओझेलमा परेको छन्। यही अन्यौल आज पीडा बनेको छ। आदिवासीका पसिना र रगतले सिंचिएको भूमिमा आज तिनका अस्तित्व ओइलाएका अवस्थामा छन्। यिनीहरूको योगदानलाई हामीले भुल्यौँ भने हामी आफै अपूर्ण हुनेछौँ।
किरात लिम्बूको मानवशास्त्रीय अवलोकनद्वारा हाल उठेका कतिपय सवालहरूलाई विवेचना गरी एक तथ्यपूर्ण र तर्कपूर्ण निष्कर्ष सहित जानकारी पाठकलाई गराउनुपर्ने आवश्यकतालाई पूरा गर्न लेखक अघि सरेको छ। यो विशुद्ध प्राज्ञिक मूल्य र मान्यतामा आधारित प्रयास हो।
मुन्धुम, वेद, किरात लिम्बू इतिहास र संस्कृतिका बारेमा प्रामाणिक तथ्यहरूको सामाजिक–सांस्कृतिक मानवशास्त्रीय कसीमा यति मिहिन ढङ्गले विश्लेषण गरिएको संभवतः यो पहिलो कृति हो। यसमा खस, आर्य, धिमाल, भोटबर्मेली परिवारहरूसंगको तुलनात्मक अध्ययन पनि छ। ग्रन्थभित्र प्रचुर मात्रामा तथ्याङ्क प्रस्तुति, विश्लेषण तथा संश्लेषण गरिएको छ। गौरवशाली किरात इतिहास र विशिष्ट संस्कृतिका बारे सरल भाषामा बुझ्न चाहनेहरूका लागि यो कृति सहयोगी छ।
सकारात्मकवादमा आधारित प्रस्तुत अध्ययनले सत्तामीमांसा र ज्ञानमीमांसालाई छर्लङ्ग्याइदिइको छ। ग्रन्थमा किरात–सेन–साँबा सभ्यताको अध्ययन तथा मिहिन विश्लेषण भएको छ। विभिन्न वंशावली तथा तुङदुङ्गे मुन्धुम अध्ययनका आधारमा सिमाङगढ, कोशी कोकाहा बराहक्षेत्रमा रहेका किरात सेन तथा मेवाखोलाका साँबाबीच रक्तगत अनन्या तथा सांस्कृतिक नाता रहेको अध्ययनले पत्ता लगाएको छ।
इतिहास,संस्कृति र मानवशास्त्रीय अन्वेषणमा रूचि राख्ने सुब्बा पेशाले जनस्वास्थ्यविद् हुन्। गीतकारका रूपमा समेत परिचित उनका दर्जन बढी साहित्यिक कृति प्रकाशित छन्। स्वास्थ्य मनोविज्ञानमा विद्यावारिधि उपाधि हासिल गरेका सुब्बा जनस्वास्थ्य र नेपाली साहित्यका स्नातकोत्तर हुन्। उनले विश्वविद्यालयमा मानवशास्त्र, समाजशास्त्र, संस्कृति र जनसंख्या पनि अध्ययन गरेका छन्।
जिल्ला जनस्वास्थ्य अधिकृतको रूपमा विभिन्न जिल्लामा तीनदशक बढी सेवा गरी सेवानिवृत्त भएका उनले यस कृतिमा किरात लिम्बू मध्येको एक थर साँबा फयङलाई आधार बनाएर अध्ययन गरेका छन्। साथै किरात लिम्बू सांस्कृतिक अध्ययनलाई मानवशास्त्रीय तथ्य, सिद्धान्त र दृष्टिकोणद्वारा पर्गेल्न जोड दिएका छन्।
लेखक जीवनको उत्तरार्धमा पुगेपछि अनुसन्धानको सकारात्मकबाद समातेर प्राप्त भरपर्दा सूचना र तथ्याङ्कलाई आधार मान्दै एक निचोडमा पुगेको छ। यही ज्ञानलाई अभिलेख राख्न साथै पाठकसमक्ष साझा गर्न प्रस्तुत पुस्तक प्रकाशित गरिएको छ। नेपाली माटोको सही पहिचान जान्न र बुझ्न चाहने पाठक, अनुसन्धातालाई किरात सभ्यता, संस्कृति र जातीय सवाल छिचोलेर जानलाई यो पुस्तक उपयोगी हुनेछ।