1,49 €
inkl. MwSt.
Sofort per Download lieferbar
payback
0 °P sammeln
  • Format: ePub

वंशावली भनेको पुरुष वा पितृ, पुत्र वा दरसन्तानहरूको क्रमिक नामावली हो। जैविक नाता र सामाजिक सांस्कृतिक अनुकूलनबाट वंशावलीको विकासक्रम भएको पाइन्छ। त्यसैले कुनै जातिको उत्पत्ति, विकास र व्यवहारको अध्ययन गर्ने काम वंशावलीमा गरिन्छ। यो जातीय ज्ञानले एकातिर उनीहरूको पौराणिक, ऐतिहासिक धरातलको उदघाटन गर्दछ भने अर्कातिर सामाजिक र सांस्कृतिक विकासक्रमलाई उजागर गरिदिन्छ। वंशावलीलाई वंशवृक्ष पनि भन्ने चलन छ। तर वंशावली र वंशवृक्षमा मैले तात्विक अन्तर पाएँ। वंशवृक्षमा भनिए झैँ बोटको काण्ड र हाँगामा विकास भए जस्तो विकासक्रम जातीय वंशावलीमा पाइँदैन। वंशभित्र मिसल भाइ वा मानस पुत्रको पनि व्यवस्था हुन्छ।…mehr

Produktbeschreibung
वंशावली भनेको पुरुष वा पितृ, पुत्र वा दरसन्तानहरूको क्रमिक नामावली हो। जैविक नाता र सामाजिक सांस्कृतिक अनुकूलनबाट वंशावलीको विकासक्रम भएको पाइन्छ। त्यसैले कुनै जातिको उत्पत्ति, विकास र व्यवहारको अध्ययन गर्ने काम वंशावलीमा गरिन्छ। यो जातीय ज्ञानले एकातिर उनीहरूको पौराणिक, ऐतिहासिक धरातलको उदघाटन गर्दछ भने अर्कातिर सामाजिक र सांस्कृतिक विकासक्रमलाई उजागर गरिदिन्छ।
वंशावलीलाई वंशवृक्ष पनि भन्ने चलन छ। तर वंशावली र वंशवृक्षमा मैले तात्विक अन्तर पाएँ। वंशवृक्षमा भनिए झैँ बोटको काण्ड र हाँगामा विकास भए जस्तो विकासक्रम जातीय वंशावलीमा पाइँदैन। वंशभित्र मिसल भाइ वा मानस पुत्रको पनि व्यवस्था हुन्छ। कुनै थर, जाति, राष्ट्र (साँबा, लिम्बू, राई, किरात आदि) मा वंशानुगत वा जैविक नाताको बाहुल्य भए तापनि समावेशी अङ्गको उपस्थिति पनि महत्वपूर्ण रूपमा रहेको हुन्छ।
त्यसैले वंशवृक्ष शब्दले एउटा भ्रम सिर्जना गरिदिएको छ। मानिसले आफ्नो जातिको उत्पत्तिको कल्पना गर्दा कुनै रूख वा हाँगासित तुलना गर्ने गर्दछन्। वर्तमानमा एकै थरका सन्तानका जैविक पिता एकै भएको विश्वास गर्ने गरिन्छ। यही भ्रम चिर्न वंशवृक्ष भन्दा वंशावली शब्द बढी उचित देखिन्छ। यद्यपि, पुस्तकमा मैले दुवै पदावली प्रयोग गरेको छु। कारण मलाई के विश्वास छ भने मैले प्रस्तुत गरेका वंशक्रम वस्तुगत भन्दा बढी ढाँचागत नामावली हुन्।
इतिहास र वंशावली केलाउँदा थाहा हुन्छ, साँबा परिवारमा फयङ उपथरको उदय करिव ३०० वर्ष अघि भयो। त्यसै गरी सेन राई समुदायबाट साँबा वंशको उदय करिव ७०० वर्षअघि भएको अनुमान गरिन्छ। सेनको उदय भने किरात समुदायमा हजारौँ वर्षअघि भएको ऐतिहासिक प्रमाण भेटिन्छन्।
यो भनाइ साङ्गपाङ्ग ढाँचा हो। हामीसित आज सेन र किरात इतिहासबारे तथ्य, प्रमाण वा सामग्री उपलब्ध छन्। ती प्रमाण वा अभिलेख वृहद् रूपमा छरिएका अवस्थामा भेटिन्छन्। तर साँबा समुदाय वा फयङ परिवारको इतिहास र ज्ञान भने सीमित परिवारमा खुम्चिएर गएको छ। यसका धेरै तथ्य लुप्तप्रायः भैसकेका छन्। बचेखुचेका प्रमाण र ज्ञानका आधारमा साँबा फयङको वंशक्रम कोर्ने काम यहाँ भएको छ।
थर वा उपथर उत्पत्तिस्थल अर्थात् माङ्गेना यक लिङथाङ यकमा यो साँबा पुर्खा कहाँबाट कहिले किन आयो र कसरी विकसित भयो यहाँ खोतल्ने काम भएको छ। फयङ साँबा समुदाय विश्व समुदायको एक सदस्य भएकाले घटनाक्रम, परिवेश र पात्रसित भएका विवरण यहाँ आएका छन्। साँबाबाट फयङ परिवारमा छुट्टिएपछिको वंशवृक्षको रूपरेखा यहाँ लिपिवद्ध गरिएको छ।
यो वंशावलीलाई एक नमूना मान्ने हो भने यसले जनाएका धेरै सन्दर्भ र सामग्री अन्य समुदाय अध्ययनमा पनि काम लाग्नसक्छन्।